सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार शाहीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
शाहीले मंगलबार नै नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । एमाले र नेकपाबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने उल्लेख छ । सोही सहमतिअनुसार नेकपा संसदीय दलका नेताले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १३ र एमालेका १० सांसद छन्। सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ । त्यस्तै, प्रदेशसभामा नेपाली कांग्रेसका १५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक र एक जना स्वतन्त्र सांसद छन् ।
यसअघि नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कँडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







