काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो ।
नेपाली कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले श्रेष्ठको निधन भएको पुष्टि गरेका छन् । उनका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ । श्रेष्ठ क्यान्सर रोगबाट पीडित थिए ।
श्रेष्ठका तीन छोरा र छ छोरी छन् । स्याङ्जाबाट पटक–पटक संसदीय निर्वाचन जितेका श्रेष्ठले यसअघि भौतिक योजना तथा निर्माणमन्त्री, वन तथा भूसंरक्षणमन्त्री, उद्योगमन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी उपप्रधानमन्त्रीसमेत बनेका थिए ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहिसकेका श्रेष्ठ तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति पनि बनेका थिए ।
२०१७ सालदेखि विद्यार्थी अवस्थामै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठ २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी थिए ।
लोकतन्त्र स्थापनाको आन्दोलन तथा शान्ति प्रक्रिया अघि बढाउने कार्यमा समेत श्रेष्ठले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







