व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार गोल्छालाई दुईवटा कसुरमा छुट्टाछुट्टै धरौटी रकम निर्धारण गर्दै रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाका अनुसार गोल्छालाई बिमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै