मिर्चैया । नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले सिराहाको मिर्चैयास्थित पशुपति ट्रेडर्समा आफ्नो नयाँ क्लासिक शोरुम सञ्चालनमा ल्याएको छ । आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित शोरुमको औपचारिक उद्घाटन गरिएको हो ।
प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झाको प्रमुख आतिथ्यमा उक्त सोरुमको उद्घाटन सम्पन्न गरिएको थियो । उद्घाटन समारोहमा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता, सञ्चारकर्मी तथा निर्माण क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा क्षेत्रीय बिक्री प्रमुख बिकाश सिन्हा, राकेश शाह लगायत टोलीले अतिथिहरूलाई स्वागत गरेका थिए ।
तीव्र रूपमा बढिरहेको शहरीकरण तथा आवासीय एवं व्यावसायिक भवन निर्माण गतिविधिलाई मध्यनजर गर्दै ग्राहकलाई गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ क्लासिक शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा अवस्थित प्राइम टायल्सको अत्याधुनिक उत्पादन उद्योगले वार्षिक ४० लाख वर्गमिटरभन्दा बढी टायल्स उत्पादन गर्छ भने कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उच्च गुणस्तरका टायल्स उत्पादन गर्दै आइरहेको छ । हालै नेपाल सरकारद्वारा गुणस्तरमा दिइने नेपाल गुणस्तर प्रमाण चिन्ह ६१७ बाट पनि प्राइम टायल्सलाई सम्मानित गरिएको छ ।
नयाँ शोरुममा विभिन्न आकार, डिजाइन, टेक्स्चर तथा फिनिशिंका सयौँ प्रकारका टायल्स उपलब्ध रहेका छन् र आवासीय, व्यावसायिक, होटल तथा अन्य निर्माण परियोजनाका लागि उपयुक्त फ्लोर, वाल, टेरेस तथा डेकोरेटिभ टायल्सका आकर्षक विकल्पहरू ग्राहकहरूले एउटै स्थानमा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो शोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहक, इन्जिनियर, आर्किटेक्ट तथा निर्माण व्यवसायीहरूलाई आवश्यक उत्पादन जानकारी, डिजाइन सुझाव तथा प्राविधिक परामर्श उपलब्ध गराउने केन्द्रका रूपमा समेत विकास गरिएको छ ।
प्राइम टायल्सले स्वदेशमै उत्पादन भएका गुणस्तरीय टायल्समार्फत नेपाली निर्माण क्षेत्रको आवश्यकता पूरा गर्दै आएको छ । कम्पनीले आगामी दिनमा पनि देशभर आफ्नो बिक्री सञ्जाल विस्तार गर्दै ग्राहकलाई उत्कृष्ट उत्पादन र सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एमाले केन्द्रीय कमिटी बैठक भदौ २५ देखि बोलाउन अध्यक्ष ओलीको निर्देशन
- कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, महाधिवेशन रोक्न देउवा र खड्काको रिट
- गरिमा चौधरी हत्या प्रकरणमा किशोरको बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ
- लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस, तीन नयाँ मन्त्री थपिँदै
- कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी



ट्रेन्डिङ
खबरमुकाम







