काठमाडौं । फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न अन्तिम १६ को खेलमा पाराग्वेलाई १–० गोलअन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
फिलाडेल्फियामा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७०औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गरेको गोल नै फ्रान्सको जितको आधार बन्यो ।
त्यसपछि पाराग्वेले बराबरी गोलका लागि दबाब बनाए पनि फ्रान्सले आफ्नो अग्रता जोगाउँदै क्वार्टरफाइनलको यात्रा तय गर्यो ।
अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले यसअघि आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







