काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले उक्त अवसरमा केन्द्रिय कार्यालय डिल्लीबजारमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।
उक्त कार्यक्रममा उत्साहजनक सहभागिताका साथ रक्तदान सम्पन्न भएको बैंकले जनाएको छ । बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमा २० बर्ष भन्दा बढी बिभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गरेकाा कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । सञ्चालक समितिका सदस्यहरु र ब्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सयुक्तरुपमा कर्मचारीहरुलाई दीर्घ सेवा पदक र मायाको चिनो प्रदान गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोहराले उपस्थित सम्पुर्णमा शुभ कामना सहित स्वागत मन्तब्य राखेका थिए भने सञ्चालक केशव खतिवडाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । साथै अध्यक्ष चिन्तामणी भट्टराईले सम्पुर्ण ग्राहक,शेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना प्रदान गरेका थिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, महाधिवेशन रोक्न देउवा र खड्काको रिट
- गरिमा चौधरी हत्या प्रकरणमा किशोरको बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ
- लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस, तीन नयाँ मन्त्री थपिँदै
- कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान



ट्रेन्डिङ
खबरमुकाम







