काठमाडौँ । नेपाल टेलिकमले बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडिमालिका क्षेत्रमा टेलिकमले टुजी र फोरजी सेवा विस्तार गरेको हो ।
टेलिकमका अनुसार भदौ ८ गतेदेखि बडिमालिका क्षेत्रमा फोरजी मोबाइल तथा इन्टरनेट सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो । अत्यन्त विकट र भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा सेवा विस्तारका लागि प्राविधिक टोलीले नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण तथा जडान सामग्री ढुवानी गरी टावर निर्माण तथा जडानको काम अघि बढाएको थियो ।
उच्च हिमाली भूगोल र कठिन परिस्थितिका बाबजुद टेलिकमका प्राविधिक टोलीले टावर स्थापना गरी सञ्चार सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सेवा विस्तारसँगै त्रिवेणी नगरपालिकाका वडा नम्बर ५ र ६, बडिमालिका नगरपालिकाका वडा नम्बर ५ र ६ तथा बाजुरा सदरमुकाम मार्तडीबाट बडिमालिका जाने पदमार्गमा पर्ने प्रसिद्ध त्रिवेणी पाटनलगायत क्षेत्र दूरसञ्चार सेवाको पहुँचमा जोडिएका छन् ।
टावर निर्माण तथा सेवा सञ्चालनका क्रममा नेपाल टेलिकमका इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी, सिभिल इन्जिनियर दीपक भट्टलगायत प्राविधिक टोली संलग्न रहेको कम्पनीले जनाएको छ ।
बडिमालिकाजस्तो उच्च हिमाली क्षेत्रमा सञ्चार सेवा विस्तार भएपछि स्थानीय बासिन्दासँगै धार्मिक तथा पर्यटकीय भ्रमणमा पुग्ने भक्तजन, तीर्थयात्री र पदयात्रीलाई सञ्चार सम्पर्कमा सहजता हुने टेलिकमको अपेक्षा छ । यसबाट बडिमालिका क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम




.jpeg)


