काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रका समस्या समाधान गर्न छोडे बैंक तथा वित्तीय संस्थाका कर्जासम्बन्धी समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका छन् ।
सिंहदरबारमा मंगलबार सरकार र निजी क्षेत्रबीचको छलफलमा बोल्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रका कयौं सूचकहरू सकारात्मक देखिएको र अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा भने नपुगिएको बताए ।
‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ, कसरी अघि बढ्ने भन्ने सन्दर्भमा सरकारले सोचिरहेको छ । गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौं सूचक सकारात्मक देखिएका छन् तर अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यसकारण यसलाई हामीले गम्भीर विमर्शसहित समुचित निस्कर्षमा पुग्नुपर्ने आवश्यकता छ ।’
उनले अर्थतन्त्रका समस्या समाधानका लागि सबै मिलेर जानुपर्ने बताए । ‘सबै मिलेर यसको सामना नगर्ने हो भने संकट गहिरिँदै जानेछ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय संस्थाका कर्जासम्बन्धी समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको पनि बताए।
‘सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जा सम्बन्धीका समस्या विगतमा विभिन्न कारणले पैदा भए पनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास गरिरहेका छन्,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ मा गर्न लागेको कार्यक्रमतर्फ लक्षित गर्दै प्रधानमन्त्री दाहालले भने, ‘समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको छ, यसो हुन दिइन्न। ऋण र ब्याज तिर्न पर्दैन भन्नेजस्ता अराजक कुरा गर्न थालेका छन्, त्यस्तो अराजकतालाई छुट दिन सकिन्न ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






