काठमाडौं । रसुवाको टिमुरे हुँदै चीन प्रवेश गर्ने सडक तथा पुललगायतका भौतिक संरचना बाढीका कारण क्षतिग्रस्त भएपछि अध्यागमन विभागले हुम्लास्थित हिल्सा नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकका लागि अस्थायी व्यवस्था गरेको छ । विभागका अनुसार कैलाश मानसरोवर तीर्थयात्राका लागि रसुवागढी नाकाबाट चीन प्रवेश गरेका तीर्थयात्रीहरू बाढीका कारण सोही मार्ग हुँदै नेपाल फर्कन सक्ने अवस्था नरहेपछि हिल्सा र सिन्धुपाल्चोकको तातोपानी नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको हो ।
हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै ११ भदौदेखि एक सातासम्म हिल्सा नाकाबाट नेपाल फर्किने कैलाश मानसरोवर तीर्थयात्रीबाट निषेधित क्षेत्रको पदयात्रा दस्तुर नलिने निर्णय गरिएको विभागले जनाएको छ ।
यो सुविधा रसुवास्थित अध्यागमन कार्यालयबाट चीन प्रस्थान अनुमति लिएका र हिल्सा नाकाबाट नेपाल फर्किने विदेशी कैलाश मानसरोवर तीर्थयात्रीका लागि मात्र लागू हुनेछ ।
विभागले पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था भने यथावत् रहेको जनाएको छ । साथै, विदेशी नागरिक तथा ट्रेकिङ गाइडको बीमा र ट्रेकिङ गाइडसम्बन्धी प्रचलित व्यवस्था अनिवार्य गरिएको छ ।
तीर्थयात्रीको आवागमन सहज बनाउन विभागले कूटनीतिक नियोग तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





