काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल यातायात व्यवसायी महासंघबीच यातायात व्यवसायीलाई आवश्यक वित्तीय सेवा तथा कर्जा सहज रूपमा उपलब्ध गराउने सम्बन्धमा व्यावसायिक सम्झौता भएको छ ।
सम्झौताअनुसार महासंघमा आबद्ध सदस्यहरूले यातायात व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक सवारीसाधन खरिद गर्न र व्यवसाय सञ्चालनका लागि आवश्यक व्यावसायिक कर्जा लिन सक्नेछन् ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
सम्झौताअनुसार महासंघमा आबद्ध सदस्यहरूलाई यातायात व्यवसायका लागि आवश्यक सवारीसाधन खरिद तथा सोसम्बन्धी व्यवसाय सञ्चालनका लागि बैंकले आफ्ना १७६ वटै शाखा कार्यालयमार्फत आकर्षक सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ ।
यस सहकार्यबाट यातायात व्यवसायीहरूले सेवा विस्तारका लागि सहज रूपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
यसैगरी, मुक्तिनाथ विकास बैंकले हाल अटो कर्जा, कृषि तथा एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष अफर ल्याएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग



ट्रेन्डिङ
खबरमुकाम






