नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको क्षति, पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट धनजनको क्षति भएकाले पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।

एक विशेष कार्यक्रममा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

अप्रत्याशित प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिले कम्पनी परिवारलाई दुःखी बनाएको जनाउँदै कम्पनीले उद्धार कार्यमा जुट्न आफ्ना सम्बन्धित कर्मचारी तथा अभिकर्ताहरूलाई आग्रह गरेको छ ।

कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै