संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बुद्घ जन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्रार्थना गर्न कोरियाली धर्मगुरुद्वारा निर्माण गरिएको ‘शान्ति घण्टी’ उद्घाटन गरेका छन् । कोरिया–नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्दुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घण्टी उद्घाटन गरिएको हो ।
१०८बुद्घ समाज तीर्थयात्रा प्रार्थना समूहका सदस्यहरू, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घण्टी बजाउँदै उद्घाटन समारोह गरिएको हो ।
कार्यक्रममा मन्त्री किराँतीले बुद्घ भूमिबाट घण्टी बजाएर विश्व शान्तिको सन्देश दिएको बताए । भिक्षुहरूले बुद्घ जन्मस्थल लुम्बिनीमा चढाएको घण्टीले कोरिया र नेपालीहरूबिचको निस्वार्थ सम्बन्धलाई थप प्रगाढ बनाएको उनको भनाइ थियो ।
मन्त्री किरातीले बुद्घको सन्देश विश्वभर फैलाउन शान्ति घण्टीले ठुलो सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले संसारभरका बुद्घमार्गीहरुलाई लुम्बिनी जाऔँ भन्ने अभियान कोरियामा चलाउन त्यहाँबाट आएका बौद्ध गुरु, भिक्षु भिक्षुणी, उपासक, उपासिकाहरुसँग अनुरोध गरे ।
उनले गौतम बुद्घलाई जन्म दिने आमा मायादेवीको चर्चा कम हुने गरेको बताउँदै अब लुम्बिनीमा आधुनिक प्रसूति गृह निर्माण गर्नुपर्ने बताए । बुद्धजस्तै सन्तान जन्माउनका लागि मायादेवी प्रसूति अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले विश्वका बौद्घ धर्मालम्बीहरुलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा शान्ति घण्टी स्थापना गर्ने कोरियाली बौद्घ धर्म गुरु सन्दुक हेजाले बुद्घ जन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घण्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गरे । ‘यो घण्टीको आवाज बुद्घ र बोधिसत्वको आवाज हो, बुद्धका ८४ हजार शिक्षाहरूले प्राणीहरूको पीडालाई राहत दिने प्रतीक हो,’ धर्मगुरु हेजाले भने, ‘बुद्घको जन्मस्थलबाट बज्ने घण्टीले बुद्घत्वको अवस्थामा नपुगेका साधकहरूलाई साहस र शक्ति प्रदान गर्नेछ र प्राणीहरूको पीडालाई आनन्दको आवाज दिनेछ ।’
यसअघि धर्मगुरु सन्दुक हेजाकै नेतृत्वमा २००७ मा कोरिया नेपाल मैत्री शान्ति पार्क, विश्व शान्तिका लागि प्रार्थना गर्ने स्मारकको निर्माण तथा अनावरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






