मुकाम डेस्क । साहित्य र अध्ययनप्रति रुची राख्नेहरुको एक भेलाले वीरता रिडर्स नामक संस्था स्थापना गरेको छ । पठन संस्कृतिको विकास र लेखन क्षेत्रको प्रबर्द्धन गर्ने उद्देश्यले गठन गरिएको समितिको संयोजकमा लेखक तीर्थ सिग्देल रहेका छन् ।
बिर्तामोडमा सोमबार अध्ययनमा रुची राख्नेहरुको सो भेलाले वीरता रिडर्सको सहसंयोजकमा केशव मैनालीलाई चयन गरेको छ ।
जसका सदस्यहरुमा टिएन (दिपक) वाग्ले, राधिका विष्ट, एकराज प्रधान, दिपेन लिम्बू, सकुन्तला बेघा, तिलक गजमेर, विवेक योङहाङ, सुरज बम्जन, राज कनत्रमणि, र तीर्थराज नेपाल रहेका छन् ।
यो संस्थाले लेखन तथा साहित्य क्षेत्रको विकासका लागि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रकाशन गृहसँग सहकार्य, लेखकहरुसँग सम्वाद, साहित्यिक उत्सव लगायतका गतिविधि गर्ने उद्देश्य रहेको बताइएको छ । प्रकाशन गृह तथा लेखकहरुसँगको सम्वाद तथा अन्तरक्रियामार्फत् समीक्षा तथा प्रचारप्रसारको कार्य समेत गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






