लण्डन । आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर) ले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले घटेको जनाएको छ ।
सन् २०२३ को अन्तिम तीन महिनामा अघिल्लो वर्षको तुलनामा एक करोड ४८ लाख युरो (एक करोड ६० लाख अमेरिकी डलर) खुद नाफा घटेको निगमले आज सोमबार जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी माइकल ओलेरीले रायनएयरले वार्षिक खुद नाफा एक अर्ब ८५ करोड र एक अर्ब ९५ करोड युरोमा सीमित हुने बताएको छ ।
कम्पनीले आफ्नो नाफा १.८५ अर्बदेखि २.०५ अर्ब यूरोको बीचमा रहने अनुमान गरेको थियो । “यो मार्गदर्शन र पूर्ण वर्षको परिणाम समूहको वर्तमान चौथो त्रैमासिकमा अप्रत्याशित प्रतिकूल घटनाहरूबाट बच्नमा धेरै निर्भर रहन्छ,” ओलेरीले आय विवरणमा थपे ।
उनले युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व र बोइङको आपूर्तिमा थप ढिलाइजस्ता जोखिम रहेको बताए । तेस्रो त्रैमासिकमा रायनएयरको इन्धन लागत ३५ प्रतिशतले बढेको छ भने करको लागत १७ प्रतिशतले वृद्धि भएको छ । उच्च औसत भाडाको बाबजुद यात्रुहरूको सङ्ख्यामा सात प्रतिशतले बढेर ४१.४ चार करोड १४ लाख पुगेको छ जसले उच्च तलब जस्ता अन्य बढ्दो लागतहरू रोक्न मद्दत पुर्याएको छ ।
एयरलाइन्सको चौथो त्रैमासिक वा जनवरी–मार्च अवधि परम्परागत रूपमा सबैभन्दा कमजोर हो । ओलेरीले अमेरिकी विमान निर्माता कम्पनी बोइङले डेलिभरीमा हुने ढिलासुस्ती र गुणस्तर सुधार गर्न थप काम गर्नुपर्ने आफ्नो लक्ष्य रहेको दोहोर्याए ।
बोइङका एक उच्च अधिकारीले अलास्का एअरलाइन्सको मध्यउडान ‘डोर प्लग’ को विस्फोटले निम्त्याएको समस्याका लागि माफी मागे । बोइङको कमर्सियल प्लेन युनिटका कार्यकारी प्रमुख स्टान डिलको यो टिप्पणी बोइङमाथिको गहन जाँचमा केन्द्रित भएको र सुरक्षा जाँचका लागि आफ्ना विमानहरू ग्राउन्डेड गरेको घटनाको तीन हप्तापछि आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







