काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
समितिका अनुसार सार्वजनिक नामावलीमा हाम्रो नयाँ कृषि सहकारीका १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारीका १२० जना ऋणी समावेश छन् । समितिले २३ वैशाख २०८३ मा भएको निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ ।
समितिले यसअघि नै ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा नाम परेको व्यक्तिलाई सम्बन्धित प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।
यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई तत्काल समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता रकम चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी समितिले दिएको छ ।
बचतकर्ताको रकम फिर्ता गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







