काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
समितिका अनुसार सार्वजनिक नामावलीमा हाम्रो नयाँ कृषि सहकारीका १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारीका १२० जना ऋणी समावेश छन् । समितिले २३ वैशाख २०८३ मा भएको निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ ।
समितिले यसअघि नै ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा नाम परेको व्यक्तिलाई सम्बन्धित प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।
यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई तत्काल समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता रकम चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी समितिले दिएको छ ।
बचतकर्ताको रकम फिर्ता गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





