काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरू बजेट प्रस्तुत गर्न प्रदेशसभा बैठकको तयारीमा जुटेका छन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारलाई प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार आज सबै प्रदेशले आगामी वर्षका नीति, कार्यक्रम र खर्चको खाका सार्वजनिक गर्न लागेका हुन् । स्थानीय तहहरूले भने असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ ।
यसपटक प्रदेश सरकारहरूले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुधार, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन् । संघीय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटलाई आधार मानेर प्रदेशहरूले आफ्ना योजना तथा कार्यक्रम तय गरेका हुन् ।
यद्यपि बजेट निर्माणभन्दा यसको प्रभावकारी कार्यान्वयन प्रदेश सरकारका लागि मुख्य चुनौती बनेको छ । चालु आर्थिक वर्षमा अधिकांश प्रदेशले विनियोजित बजेट खर्च गर्न नसक्दा विकास निर्माणका धेरै योजना अपेक्षाअनुसार अघि बढ्न सकेका छैनन् ।
पुँजीगत खर्च न्यून रहनु, योजनाको ढिलो कार्यान्वयन र प्रशासनिक कमजोरीका कारण प्रदेश सरकारहरू आलोचित हुँदै आएका छन् । त्यसैले आज सार्वजनिक हुने बजेटले केवल नयाँ कार्यक्रम घोषणा मात्र होइन, खर्च क्षमता वृद्धि र विकासको प्रतिफल सुनिश्चित गर्ने स्पष्ट रणनीति पनि प्रस्तुत गर्नुपर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






