बझाङ । यही माघ १ गते बझाङको जयपृथ्वी नगरपालिका–१० सदरमुकाम चैनपुरको मुख्य चोकमा रहेको ४८ वर्ष पुरानो विर व्यासी स्टोर कपडा पसलमा आगलागी भएर ध्वस्त भएको थियो । उक्त पसलका सञ्चालक विरेन्द्र सिंह व्यासी हुन् । उनको पसलसँगै रहेको अर्काे कैलाश फेन्सी स्टोरमा समेत आगलागी भएको थियो । उक्त पसलका सञ्चालक डबल बहादुर खड्का हुन् ।
आगलागीबाट भौतिक संरचना र धनमालको क्षति भएका थियो । सोही आगलागीबाट पिडित भएका व्यापारीलाई उद्योग वाणिज्य संघको कार्य समिति, कर्मचारी र अन्य व्यवसायीहरुबाट रकम संकलन गरेर आर्थिक सहयोग गरेको छ ।
आज बुधवार आयोजित एक कार्यक्रममा संकलन गरेको सहयोग रकम पिडितहरुलाई हस्तान्तरण गरेको नेपाल उद्योग वाणिज्य सघं, बझाङका सदस्य पवित्र रसाईलीले जानकारी दिए ।
संघको कार्य समिति, कर्मचारी र अन्य सहयोगीबाट पिडितको राहातका लागि जम्मा भएको दुई लाख १९ हजार ४५ रुपैयाँबाट विर व्यासी स्टोरलाई २ लाख ३ हजार ४५ रुपैँया र कैलाश फेन्सी स्टोरलाई १६ हजार रुपौँया हस्तान्तरण गरिएको रसाईलीले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







