Dark

जिप दुर्घटना अपडेटः घाइते र मृतकलाई हेलिकप्टरमा काठमाडौं ल्याइयो

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा जिप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको शव र पाँच जना घाइतेलाई काठमाडौं ल्याइएको छ ।

बुधबार भएको दुर्घटनामा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ । उनीहरुको शवसहित दुर्घटनामा घाइते भएका पाँचै जनालाई हेलिकप्टरमा काठमाडौं ल्याइएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको शेर्पाले बताए । घाइते नेपाली जिप चालक हुन् । प्रहरीका अनुसार मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् ।

भुटानबाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै