काठमाडौं । नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौं प्राइड रेन्बोले सम्मान गरेको छ ।
लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मङ्सिरमा विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई प्राइड रेन्बोले सम्मान गरेको हो। मायाको पहिचान नेपालकी अध्यक्ष माया र सचिव सुरेन्द्रको विवाह दर्ता भएसँगै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीलाई कानुनी रूपमा विवाह दर्ता गर्ने बाटो खुलेको छ ।
७ पुसमा कैलालीको कैलारी गाउँपालिका कार्यालयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडी मनिला न्यौपाने र प्रकाश चौधरीको विवाह दर्ता गरेको थियो। मनिला र प्रकाश इन्द्रेणी विवाह दर्ता गर्ने दोस्रो जोडी हुन्। सर्वोच्च अदालतमा विवाह दर्ताको आदेश माग्दै रिट दर्ता गर्ने मध्ये माया र सुरेन्द्रको मात्रै कानुनी रूपमा विवाह दर्ता भएको छ। रिट दर्ता गर्ने अरू ८ जोडी भने अहिले गुमनाम छन्। उनीहरू विवाह दर्ताका लागि कुनै प्रक्रियामा गएका छैनन् ।
सर्वोच्चमा मुद्दा नगर्ने जोडीका लागि समेत विवाह दर्ता गरिदिने अन्तरिम आदेश पछि देशका विभिन्न स्थानीय तहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडी विवाह दर्ताको प्रक्रियामा लागेको छन्। पहिलो विवाह दर्ता गरेर नेपालको नाम राख्न सफल माया र सुरेन्द्रलाई सम्मान गरिएको लायन्स क्लब अफ काठमाडौं प्राइड रेन्बोका अध्यक्ष चन्द्र गुरुङ्गले बताए । प्राइड रेन्बोले प्यारालाइसिस पीडित तेस्रोलिंगी नैना राईलाई आर्थिक सहयोग पनि गरेको छ । राईलाई ११ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गुरुङ्गले बताए। सम्मान र आर्थिक सहयोग हस्तान्तरण लायन्स क्लबका फस्ट डिस्ट्रिक्ट गभर्नर, डिपार्टमेन्ट चिफ मनकुमार श्रेष्ठ सहित अध्यक्ष गुरुङ्गले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






