काठमाडौं । कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रा.लि.ले आफ्नो व्यवसायलाई व्यापक बनाउदै बिश्व प्रसिद्ध इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेड बिच नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ ।
उलिङ्ग मोटर्स होल्डिङ्ग सँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ । उलिङ्ग मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो । यस सम्झौता पश्चात शशिला मोटर्स् प्रा=लि= उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक वितरकको रुपमा रहनेछ ।
उक्त सम्झौतामा शशिला मोटर्स प्रा=लि=का प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् ।
नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक हुँदै
कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रा.लि. र विश्व प्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ ।
उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुनेछ । साथै, इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुनेछ । नेपालको यातायात क्षेत्र बिद्युतिकरणमा रुपान्तरण हुँदै गईरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुनेछ । यसका साथै कार्वन उत्सर्जनमा कमि गर्नमा महत्वपूर्ण योगदान पु-याउनेछ ।
यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए .
उलिङ्ग इभी भ्यानका प्रमुख बिशेषताहरुः
१ नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख कि.मि. सम्मको वारेन्टी भएको ।
२. ४१.८७ कि.वा. आवर ब्याट्री ।
३. कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।
४. सिङ्गल चार्जमा ३०० कि=मि= रेञ्ज ।
५. ११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट ।
६.४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउ सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







