Dark

राष्ट्रिय जीवन बीमा कम्पनीकाे नयाँ बोनस दर घोषणा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनस दर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि आव २०६९/७० सम्मको इन्फोर्स पोलिसी बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बोनसको दर घोषणा गरेको हो । 

कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।

 

कम्पनीको (साविक राष्ट्रिय बीमा संस्थान)को आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष २०६९/७० सम्म कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट माघ १७ गते स्वीकृत भएको छ । बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै