Dark

सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा २१ प्रतिशतले वृद्धि

काठमाडौं ।  सानिमा जिआईसी इन्स्योरेन्सले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा कम्पनीको मुनाफा २१ प्रतिशतले वृद्धि भएर १० करोड ५५ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म ८ करोड ७३ लाख खुद नाफा आर्जन गरेको थियो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेर १३ करोड १८ लाख रपैयाँ पुगेको छ । त्यसैगरी कुल दाबी भुक्तानी ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ३६ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी दिएको थियो ।

 

 

समीक्षा अवधिमा कम्पनीले २९ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । हाल चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १०.५६ रुपैयाँ र नेटवर्थ भने १३७.९८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै