विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै राख्न सरोकारवाला विज्ञहरूले सुझाव दिएका छन्।
सगरमाथालाई अंग्रेजीमा 'माउन्ट एभरेस्ट' उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरूले सो सुझाव दिएका हुन्।
इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले नेपालका अन्य हिमालको नाम नेपालीमा मात्र भएजस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद प्रा.डा. त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नामको ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए। इतिहास शिरोमणि आचार्यले सर्वप्रथम वि.सं १९९५ मा लेखमार्फत सर्वाेच्च शिखरको नाम सगरमाथा भएको उल्लेख गरेका थिए।
मानन्धरले भने, 'सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै उल्लेख गर्दा सुरूमा केही अफ्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र 'माउन्ट एभरेस्ट' राख्न सकिन्छ। तर मौलिक नाम सगरमाथा भने छुटाउनु हुँदैन। यस सम्बन्धमा निकट भविष्यमै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर सुझाव दिनेछौं।'
कार्यक्रममा प्रा सुरेन्द्र केसीले राष्ट्रियताअनुसार शाब्दिक फेरबदल हुने गरेको बताए।
साथै उनले यस्तो फेरबदल गर्दा शुद्धता र सही सूचना पनि आवश्यक पर्ने बारेमा जानकारी गराए।
यसैगरी, प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मालगायतले इतिहास शिरोमणि आचार्यले नेपालको इतिहास र सगरमाथाको मौलिक पहिचानमा गरेको योगदानबारे चर्चा गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






