काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सांसदहरूले लैङ्गिक शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित समितिको कक्षमा बसेको बैठकमा अधिकांश सांसदहरूले विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्ने बताएका हुन् ।
बैठकमा सांसदहरूले अझे पनि समाजमा लैंगिक रूपमा विभेद कायमै रहेका कारण यसको निराकरण गर्न विद्यालय तहबाटै काम गर्नुपर्ने बताएका हुन् । बैठकमा युनेस्को नेपालका शिक्षा शाखा प्रमुख ध्रुवराज रेग्मीले युनेस्कोले सरकारसँगको सहकार्यमा शिक्षक शिक्षा दिन थालिएको बताए ।
उनले भने,‘ शिक्षकका विषयमा विश्वभरि नै कुराहरू उठ्न थालेका छन् । शिक्षक नभईकन केही हुँदैन भन्ने छ । अब हामीले शिक्षकलाई आईसीटीमा लैजानुपर्छ । शिक्षकलाई कम्प्युटरसम्बन्धी ज्ञान हुनुपर्यो । विद्यार्थी जान्ने र शिक्षक नजान्ने भयो भने समस्या हुन्छ । शिक्षकहरूलाई यही विषयवस्तुको ज्ञान दिन हामीले पाँच दिनको तालिम दिने निर्णय गरेका छौँ ।’
पछिल्लो समय अधिकांश बालबालिकाहरू नयाँ प्रविधिसँग नजिक रहने गरेकाले उनीहरूलाई प्रविधिको सुरक्षित प्रयोग गर्न विद्यालय तहबाटै सिकाइ आरम्भ गर्नुपर्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






