काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ्ग मेनेजरहरुलाई ग्राण्ड होटेल पोखरामा २०८१ कात्र्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटल को ग्राण्ड कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल, प्रमुख बजार अधिकृत श्री गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच श्री रविन कटुवाल लगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा देशैभरबाट ५०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीको ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे(सुन्तली) ले अभिकर्ता मार्फत सामाजिक रुपमा सेवा प्रदान गराउँदै ब्यवसायिक रुपमा अर्थाेपार्जन गर्न सकिने बताउनुभएको र महिलाहरुले गृहिणीको रुपमा मात्र सिमित नरही ब्यवसायिक रुपमा अभिकर्ता मार्फत र आत्मनिर्भर र सामाजिक रुपान्तरण गर्न आग्रह गरे।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालले यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्त्वबारे चर्चा गर्नुभयो । उहाँले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरुलाई सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्ग दर्शन पनि दिए । साथै, उनले आफ्ना अभिकर्ताहरुलाई अझ राम्रो कार्य सम्पादन गर्न र ग्राहकलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरु ल्याउन काम गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






