काठमाडौँ । नेपाली बजारमा पछिल्लो समयमा उल्लेख्य लोकप्रियता हाँसिल गर्दै गएको अनलाईन ट्राभल एजेन्सि इसेभेनस्टार डट कम (www.esevenstar.com) ले ग्राहक लक्षित विषेश अफर ल्याएको छ । “आकाशमा भ्यालेन्टाईन्स्” अफर अन्तर्गत इसेभेनस्टार डट कम तथा सेभेनस्टार ट्राभल एण्ड टुर्स मार्फत कुनै पनि अन्तर्राष्ट्रिय गन्तब्यका लागि टिकट काट्ने ग्राहकहरुले विभिन्न किसिमका उपहार जित्ने अवसर पाउनेछन् ।
यस अफर अन्तर्गत भ्यालेन्टाइन्स् डे अर्थात फेब्रअरी १४, २०२५ को साँभ ५ बजेसम्म इसेभेनस्टार डट कम तथा सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स मार्फत टिकट काट्ने ग्राहकहरुले हरेक हप्ता, हरेक महिना र भ्यालेन्टाइन्स् डे को दिनमा गरिने फरक फरक लक्कि ड्र मा उपहारहरु जित्ने मौका पाउने भएका हुन् । यस योजना अन्तर्गत हरेक ग्राहकले विशेष छुट, हरेक साता ग्राहकहरुले इसेभेनस्टारको विशेष गिफ्ट ह्याम्पर तथा ट्राभल एक्ससेसोरिज् पाउने छन् भने हरेक महिना यती एअरलाइन्सको कुनै पनि गन्तब्यमा निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् । भ्यालेन्टाइन्स डे मा गरिने लक्कि ड्रमा भने एक जोडिले यती एअरलान्सनै चढेर माउण्टेन फ्लाईटमा जाने मौका पाउनेछन् ।
“अनलाईन ट्राभल मार्फत अनलाईन टिकट काट्ने नेपाली ग्राहकहरुको संख्यामा उल्लेख्य बृद्धि हुँदै गएको परिप्रेक्ष्यलाई मध्यनजर गर्दै आफ्नो स्थापनाको दशौं बार्षिकोत्सबको अवसर पारेर गत बर्ष ईसेभेनस्टार डट कम संचालनमा ल्याईएको थियो ।” ईसेभेनस्टारको संचालनको सन्दर्भमा प्रष्ट्याउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स प्रा. लि. का प्रबन्ध निर्देशक विष्णु प्रसाद कँडेल भन्छन्, “संचालनको छोटो समयमै हामीले ग्राहकको उल्लेख्य मायाँ पाउन सफल भयौं । त्यसैको प्रोत्साहन स्वरुप हामीले आफ्ना ग्राहकलाई भ्यालेन्टाइन्स् डेको अवसर पारेर विभिन्न उपहारहरु प्रदान गर्ने निर्णय गरेका हौं ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






