काठमाडाैँ । द वन्डरल्यान्ड गेम जोनले wonderland carnival घोषणा गर्न गइरहेको छ । सोहि कार्निभल कार्यक्रम डिसेम्बर २४ देखि जनवरी १ सम्म हुनेछ ।
यहाँ परिवार र साथीहरूसँग आउन सक्नेछन् । जहाँ हामी अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ता क्लॉजको उपस्थिती, बिङ्गो सत्र, लक्की ड्रा, खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्यान्ड, संगीत प्रस्तुतिहरू, डिस्को नाईट जस्ता रोमाञ्चक गतिविधिहरू हुनेछ । यहि कार्यक्रम अन्तरगत वन्डरल्यान्डको एक वर्षको सफलता मनाउनका लागि पनि उपस्थित भएको र यो एक वर्षको अवधिमा वन्डरल्यान्डले मात्र एक उत्कृष्ट मनोरञ्जन स्थलको रूपमा आफ्नो स्थान बनाउन सफल भएको छ । वन्डरल्यान्डले देशभरि लोकप्रियता प्राप्त गर्दै सबै उमेरका मानिसहरूको मन जित्न पनि सफल भएको छ ।
यो कर्निभल एक वर्षमा प्राप्त गरेको सफलताको उत्सव मनाउदै भविष्यमा पनि वन्डरल्यान्डमा यस्ता उत्सव र मनोरन्जनात्मक कार्यक्रमहरूको आयोजना गर्ने घोषणा साथै विभिन्न कार्यक्रम मार्फत झन शसक्त र सुधार गर्दै जानेछ । नेपालको एक शीर्ष रमाइलो पार्क वन्डरल्याण्ड नेपालमा हरेक उमेर समूहका लागि रमाईलो आकर्षणहरू प्रदान गर्न सफल भएको छ । यहाँ थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधिहरू उपलब्ध छन् । गो–कार्टिङ (Virtual reality, motorized zipline, projection bowling, trampoline, outdoor rides, arcade u) गेम्सजस्ता सुरक्षित र रोमाञ्चक गतिविधिहरूले परिवारलाई अविस्मरणीय यादहरू सिर्जना गर्न सहयोग पुर्याएका छन् ।
मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ । चाहे निजी कार्यक्रमको आयोजना गर्न चाहना होस वा रोमाञ्चक साहसिक दिन बिताउने योजना बनाउन, वन्डरल्यान्डले हरेक पललाई उत्सवमा बदलिदिएको छ । अहिलेसम्म वन्डरल्यान्ड ले नेपालमा “NWC MMA” प्रतियोगिता र “God is Woman” कन्सट सफलतापूर्वक आयोजना गरिसकेकोे छ । यी सबै कार्यक्रमहरूले वन्डरल्यान्ड नेपालमा आगन्तुकहरूलाई विशेष अनुभव र अविस्मरणीय यादहरू दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






