काठमाडौँ । मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।पर्यटन व्यवसायी मिङ्मादोर्जे शेर्पाको अग्रसरतामा द लास्ट फ्रन्टायर्स ट्रेकिङ कम्पनीको आयोजना तथा नेपाल पर्यटन बोर्ड र एएमएस म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिको सहकार्यमा आइतबार राति यहाँ आयोजित कार्यक्रममा नेपाल र इन्डोनेसियाका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिए ।
कार्यक्रमका लागि इन्डोनेसियाको जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनको १३ जनाको टोली केही दिनअघि नेपाल आइपुगेको थिए । आयोजक कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मिङ्मादोर्जे शेर्पाले कार्यक्रमले दुई देशबीच संस्कृति आदानप्रदान हुनाका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । “यस सांस्कृतिक आदानप्रदान कार्यक्रमले एकअर्काको मुलुकको संस्कृति जान्ने मौका प्रदान गरेको छ, आगामी दिनमा हामी दुवै देशको पर्यटन क्षेत्रमा पनि सहकार्य गर्न सक्छौँ”, उनले भने, “इन्डोनेसियामा रहेका २० लाखभन्दा बढी बौद्ध धर्मावलम्बीलाई हामी नेपाल ल्याउन सक्छौँ ।”
त्यस अवसरमा जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनका प्रमुख सदस्य तथा गायिका रत्ना देवी कार्तिकाले इन्डोनेसियाको लोकगीतका साथै केही पप गीत गाए । “जेन्ट्रा लेस्तारी बुदाया फाउन्डेसनमा इन्डोनेसियाका ३८ प्रान्तमा १० हजारभन्दा बढी सदस्य आबद्ध छन्, यसको मुख्य उद्देश्य इन्डोनेसियाको कला र संस्कृति प्रवर्द्धन हो”, गायिका कार्तिकाले भन्नुभयो, “कला, संस्कृति र दुई देशको पर्यटन प्रवर्द्धनका लागि नेपाल आउन पाउँदा निकै खुसी लागेको छ ।”
कार्यक्रममा इन्डोनेसियाका तर्फबाट लातिस्या चान्जी बार्डेल स्टेयाज, सयिफा नुरुल अज्जुरा र डिजिक्रा औरेलिया देत्रियानीलगायतले नेतृत्व प्रस्तुत गरेका थिए ।
नेपालका तर्फबाट कलाकारहरु देविका बन्दना, राजेश महर्जन, खुसी कुलुङ राईलगायतले गीत प्रस्तुत गरे भने नृत्यकार कमल राईको समूहले विभिन्न लोकभाकामा नृत्य प्रस्तुत गरेको थियो । त्यस अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी, भारतीय ज्योतिष एट्लान्टा कश्यपका साथै पर्यटनकर्मी तथा कलाकारहरुको उपस्थिति थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






