बिगत ९ वर्ष देखि हेलमेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको हेल्मेट्स नेपालले यामाहा नेपालसग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौताअनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन ।
पहिलो चरणमा काठमाडौँका शोरुमहरु टेकु, महाराजगञ्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन । नक्शाल स्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । आगामी दिनहरुमा यो सुबिधाहरुलाइ थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशीले बताए ।
यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने विश्वास लिइएको छ । ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसिसोरिजहरुको सुबिधा प्राप्त गर्न सक्नेछन । यस अघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानहरुबाट सेवा प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






