कति गले होलान मेरा बा का काँधहरु
जसलाई हामी एक खेल्ने मैदान सम्झेर खेलेका थियाैँ र अझै पनि....
यैया, आत्त्था नभनी जिम्मेवारी उठाउनु भयो जैले पनि
कति दुखे होलान, कति गले होलान्
तै पनि कसैलाई भनेकै छैनन्
कति थाके होलान मेरी आमाका काख पनि
जसलाई निदाउने ओछ्यान सम्झेर चौबिसै घण्टा सुतेका थियौं
शौचालय नै सम्झि के चै गरेनौ, आमाको छातीमा लात्ता हान्दै
तै पनि कसैलाई भनेकै छैनन्
भन्थे बा ले अहिले मेरो टाउकामा नाच्नु भोली त कस्ले देलान् र
ऐले बाआमाले नङ्ग्रा खियाएर दुई छाक दिदा नि मुख खुम्च्याउछौं
भोली कसले सोध्लान् र ऐया भन्दा नि .....
आफ्नै थाप्लामा पर्दा थाहा पाउने छौं
नुनको भाउ पनि दुई चोटी सोध्नेछौ अहो घटाउन मिल्दैन र भन्नेछौ ।
हो रैछ बा आफ्नै थाप्लामा भारी बोक्दा त सार्है भारी पो हुने रैछ
आमा अझै कति हण्डर खानुपर्छ
तिमी जस्तै बन्नलाईरु
बा अझै कति बिड हाल्नुपर्छ
मैले मेरो सपनाको बाटो खन्नलाई ?
बा कति दुस्ख गर्नुपर्छ
दुई पेट खाने अन्नलाई
बा कति वर्ष कुर्नुपर्छ
तिम्रा ति मारेर राखेका रहर पूरा गर्नलाई.....
ए बा मलाई ऊर्जा अलिकति थप्दिनु है
तिम्रै सन्तान बनेर बाँच्ने रित रच्नु है
आमा म माथि ममता पोखिराख्नुस है
शिर उचो पारेर बाँच्ने आशिष दिईराख्नुनुस है ।
-अनामिका बस्नेत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






