काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । माथिल्लो सदन राष्ट्रियसभाको बैठक बिहान ११ बजे र तल्लो सदन प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।
प्रतिनिधिसभा बैठकमा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची छ ।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने कार्यसूची छ ।
आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं। २९ पनि पेस हुनेछ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यसलाई प्रतिनिधिसभामा पेस गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






