काठमाडौं । मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर शनिबार काठमाडौंको माइतीघर मण्डलमा युवाहरूले प्रदर्शन गरेका छन् । जनपक्षीय ट्रेड युनियन महासंघ र जनपक्षीय युवा लिगको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्दै उनीहरुले प्र्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले गणेश नेपाली आत्मदाहको अवस्थासम्म पुग्नुमा राज्यको जिम्मेवारी रहेको आरोप लगाउँदै सरकारको आलोचना गरेका थिए । उनीहरूले ‘युवालाई आत्मदाह होइन, रोजगारी देऊ’, ‘युवालाई यस्तो अवस्थामा कसले पुर्यायो ?’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । साथै, काठमाडौं महानगरपालिकाको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विरोधका नारासमेत लगाएका थिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न तथा मृतक गणेश नेपालीका परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
गणेश नेपालीसँग सम्बन्धित घटना गत बिहीबार काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा भएको थियो । नगर प्रहरीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि भएको विवादका क्रममा उनले आफ्नै शरीरमा पेट्रोल छर्केका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।
उक्त घटनापछि यसको कारण, जिम्मेवारी र समग्र अवस्थाबारे सार्वजनिक बहस तीव्र बनेको छ भने विभिन्न पक्षबाट निष्पक्ष छानबिनको माग उठिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






