मस्को । रूसमा सन् २०२३ मा अवैध क्रिप्टो करेन्सी कारोबारको संख्या दोब्बर भएको रूसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाका प्रमुख युरी शिखानचिनले बिहीबार बताएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा शिखानचिनले भने, “प्रणाली पूर्णरूपमा नियमन नभएको तथ्यलाई ध्यानमा राख्दै शंकास्पद कारोबार लगभग दोब्बर भइरहेको छ ।”
अधिकारीका अनुसार आतंकवादी गतिविधिलाई आर्थिक सहयोग गर्ने गतिविधिले पनि यस्ता अवैध कारोबारमा वृद्धि भएको उनले बताएका छन् ।
यद्यपि, रोसफिनमोनिटरिंग र रूसको भीटीबी बैंकद्वारा संयुक्तरूपमा सुरू गरिएको रूसी सफ्टवेयर प्रणाली ट्रान्सप्यारेन्ट ब्लकचेनले यी शंकास्पद लेनदेनहरूको पिछा गर्न र अनुसन्धान गर्न सम्भव बनाउँछ । शिखानचिनले भने, “रोसफिनमोनिटरिङले क्रिप्टोकरेन्सीको सञ्चारको निगरानी जारी राखेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







