काठमाडौं । मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न ललितपुर महानगरपालिकाले रोक लगाएको छ । ललितपुर महानगरको स्रोतका अनुसार २४ मंसिरदेखि फुटपाटमा सामानहरू राखेर बिक्री गर्न नदिने भएको छ ।
फुटपाथ व्यवसायीहरुको अत्याधिक भीड भएका कारण हिँडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको हो । मंगलबजारदेखि लगनखेलसम्म सटरमा व्यवसाय गर्ने व्यापारीहरुले आफ्नो पसल अगाडि मासिक २० हजारसम्म लिएर व्यापार गर्न दिएको पाइएको पनि बताए ।
फुटपाथको कारण सर्वसाधारणलाई हिँड्न समेत नसक्ने स्थिति भएको स्थानीयले बताए । उनले भने, ’सोही कारण अहिले एम्बुलेन्स, दमकल समेत हिँड्न सक्दैन, मेला जस्तै हुने गरेको छ । त्यसपछि १२ नम्बर वडा र १९ नम्बर वडाले संयूक्त रुपमा मिलेर फुटपाथ निषेधित क्षेत्र बनाउन लागेका हौं ।‘
ललितपुर महानगरपालिकाले मंगलबारदेखि माइकिङ र ब्यानर टाँसेर २४ गतेसम्म फुटपाथ व्यापार हटाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने
- रसुवा बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला



ट्रेन्डिङ
खबरमुकाम







