काठमाडौँ । व्यवसायी करण चौधरीले नाडाको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी चौधरीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
अटोमोबाइल व्यवसायीहरुको ५ दशक पुरानो छाता संगठन नाडाको ४७ औं वार्षिक साधारण सभा सहितको अधिवेशन आउँदो पुस २० र २१ गते काठमाडौँमा हुँदैछ ।
व्यवसायी चौधरीले सीजी होल्डिङ्सका तर्फबाट आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् । त्यसो त यसअघिको निर्वाचनमा चौधरी नाडाको वर्तमान अध्यक्ष ध्रुव थापासँग पराजय व्यहोरेका थिए ।
नाडाको आसन्न निर्वाचनमा सहमतिको सम्भावना कम देखिएकाले आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । धेरै अटोमोबाइल व्यवसायीहरुको आफूलाई साथ र सर्पोट रहेको समेत चौधरीले दाबी गरेका छन् ।
यता नाडाको चुनावी सर्गमी बढेसँगै अर्का व्यवसायी प्रकाश कपुरीले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
यस्तै, कपुरी र चौधरीसँग भिड्न गोल्छा अर्गनाइजेशनबाट जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले समेत अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
फोर्स गाडीको बिक्रेता रहेका गोल्छालाई नाडाका वर्तमान अध्यक्ष ध्रुव थापाको समेत समर्थन रहेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







