काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अटो शोको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गरे । उनले उद्योग विकास, लगानी सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए । सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी तथा लगानीमैत्री नीति बनाउन उनले आग्रह गरे ।
नेपाललाई अटोमोबाइल प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ थियो । विश्वको अटोमोबाइल उद्योग विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ अघि बढिरहेकाले नेपाली व्यवसायीले यसलाई अवसरका रूपमा लिनुपर्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले चुनौतीपूर्ण आर्थिक अवस्थाले उद्योग–व्यवसाय कमजोर बनेको बताए । बजारमा माग नबढेको र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको उनको भनाइ थियो । उनले स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा हेर्न नहुने बताए । उनका अनुसार यस क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको छ । अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको तथा राज्यको राजस्वमा ९० अर्ब रुपैयाँभन्दा बढी योगदान रहेको नाडाले जनाएको छ ।
उप्रेतीले दीर्घकालीन लगानीका लागि कर तथा अन्य नीतिमा स्थिरता आवश्यक रहेको बताए । उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न तथा भृकुटीमण्डपको स्तरोन्नति योजना छिटो कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे । विद्युतीय सवारी, चार्जिङ पूर्वाधार, एसेम्बली र अटोमोबाइल कम्पोनेन्ट उत्पादनमा सहकार्य बढाउनुपर्नेमा पनि उनले जोड दिए ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंमा भव्य उद्घाटन (फोटो फिचर)
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग



ट्रेन्डिङ
खबरमुकाम





.jpeg)

