काठमाडौँ । विगत एक हप्तादेखि एनसेलको ८० प्रतिशत स्वामित्व बहन गर्ने रेनोल्डस् होल्डिङ्को शेयर खरिद बिक्री र यसको सम्झौताका सम्बन्धमा शेयर क्रेता र बिक्रेता कम्पनीको निर्णय भएसँगै उक्त प्रक्रिया सम्बन्धी विभिन्न तह र तप्काबाट चौतर्फी रुपमा एनसेल लक्षित अत्यन्तै गैरजिम्मेवार र भ्रामक प्रचार प्रसार भइरहेको भन्दै एनसेल आजियाटा लिमिटेडमा रहेको यस स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्ता गतिविधिले १८ वर्षदेखि अनवरत रुपमा नेपाल र आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रवाह गर्दै आएको यस कम्पनीको प्रतिष्ठामा ठूलो आँच पुर्याउनुका साथै कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोबल गिराएको उल्लेख गरेको छ ।
आम नेपाली जनतालाई भ्रममा पार्ने गरी भइरहेका गतिविधि र समाचार प्रचारप्रसारले देशमा लगानीको वातावरणलाई खलल पुर्याउने र निजी क्षेत्रलाई हतोत्साही पार्ने काम भएको आफूहरुको ठम्याइ रहेको युनियनले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







