बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

यसअघि सोमबार नै विश्वासको मत लिने तयारी गरिए पनि सत्तारूढ दल नेकपाका चार सांसद प्रदेशसभा बैठकमा उपस्थित नभएपछि प्रक्रिया रोकिएको थियो । त्यसपछि मुख्यमन्त्री थापाले आज विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । निर्धारित समयमा आवश्यक सांसद उपस्थित नभएपछि बैठक राति ८ बजेसम्मका लागि सारिएको थियो । तर, राति ८ बजेसम्म पनि सांसदहरू उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो ।

नेकपा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका थापालाई नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही सांसदको समर्थन रहेको बताइएको छ । मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै