काठमाडौँ । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
पुस १ गते साँझ ५ बजे बसेको सो कम्पनीको बोर्ड बैठकले बीमा प्राधिकरणबाट तोकिएको चुक्तापूँजीको न्यूनतम सीमासम्म पुग्न हाल कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
हाल यो कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ हुनुपर्ने भनेको छ । यही सीमालाई भेट्न कम्पनीले हकप्रद निश्कासनको निर्णय गरेको हो ।
प्रस्तावित हकप्रद बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि निश्कासन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







