काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेड ( NLO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित साधारण सभा बोलाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सो सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे शुरु हुनेछ ।
सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १० गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







