काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलब ९८ विन्दुले उकालो लागेर दुई हजार एक सय छमा पुगेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब शुन्य पाँच अङ्कले उकालो लागेर तीन सय ९७ दशमलब ६९ मा पुगेको छ । कूल एक करोड ६४ लाख ५७ हजार एक सय ३८ कित्ता शेयर रु पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७५ मा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३७ करोड ४३ लाख ४८ हजार दुई सय दुई बराबरको शेयर कारोबार भयो । यस्तै सोल्टी होटलको रु २८ करोड ७३ लाख २४ हजार तीन सय ३१, सोनापुर मिनरल्सको रु १६ करोड ७१ लाख ४२ हजार सात सय ५५, हाथवे इन्भेस्टमेन्टको रु १४ करोड २९ लाख ३० हजार पाँच सय ८८ र घोराही सिमेन्टको रु १३ करोड ३० लाख ८६ हजार तीन सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आज विभिन्न दस कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो सात दशमलब २६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना चार दशमलब ९०, प्रभु बैंकको ऋणपत्र तीन दशमलब ८३, सानिमा बैंकको ऋणपत्र तीन दशमलब ७८ र पिपल्स पावरको लगानीकर्ताले तीन दशमलब १९ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







