काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले सहरी यातायातमा सौन्दर्य थप्नेगरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नविन प्रविधीसँग जोडेर बहुप्रतीक्षित रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिडको अनावरण गरेको छ ।
मनमोहक “मेट कपर” र “स्पार्कल ग्रीन” रङ्गहरूमा उपलब्ध रे जेड आर स्ट्रिट र्याली १२५ एफआई हाइब्रिड मोटरसाइकल(स्कूटर इभोलुसनूको अवधारणासँग मेल खान्छ । यसको बडीमा थपिएको स्टाइलिश मेटल प्लेट, ब्रश गार्ड र फराकिलो ब्लक प्याटर्न टायरले यसलाई अझै भव्य बनाउँछ ।
जेड आर १२५ स्ट्रिट र्याली एफआई हाइब्रिड बलियो एयर कूल्ड, फ्युल इन्जेक्टेड –एफाई) १२५ सीसी ब्लू कोर इन्जिनद्वारा संचालित छ जसले दक्षता र रोमान्चक सवारीको लागि नयाँ मानक स्थापना गर्दछ । यस स्कूटरलाई यसको ग्राउन्डब्रेकिंग ूस्वचालित स्टप र स्टार्ट प्रणालीू ले अरुभन्दा फरक बनाउँछ जो इन्जिन निष्क्रिय हुनबाट जोगाउन बुद्धिमानीपूर्वक बनाइएको हो । यसले इन्धनको उत्सर्जन घटाउँछ र त्यसको दक्षतालाई बढाउँछ । एकल थ्रोटल ट्विस्टको साथ निर्बाध रूपमा रि(स्टार्ट गर्दै यो प्रणालीले सवारी वातावरणको मूल्याङ्कन गर्न उन्नत सेन्सरहरू प्रयोग गरी राइडरहरूलाई प्रदुषणरहित र प्रभावकारी यात्रा प्रदान गर्दछ ।
नयाँपनमा "स्मार्ट मोटर जेनेरेटर” (एसएमजी) पनि थपिएको छ जसले एक बेग्लै पारम्परिक इलेक्ट्रिक स्टार्टर बिनानै शान्त तरिकाले इन्जिन सुरु गर्न सक्छ । एक स्कुटर मात्र नभएर रे जेड आर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड यामाहाको पर्फर्मेन्समा कुनै सम्झौता नगरी दिगोपनप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो ।
नवीन सुविधाहरूले भरिएको यसमा उत्कृष्ट एलईडी हेडलाइट, प्रभावशाली एलईडी पोजिसन लाइटहरू र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छन् । स्पोर्टी डिजाइनमा समावेश ब्रश गार्ड आकर्षणका लागि मात्र नभई यसले राइडरलाई आउँदै गरेको वायुप्रवाहबाट सुरक्षित राख्दै एथलेटिसिज्मको स्पर्श समेत थप्छ । कडा मेटल प्लेट र फराकिलो ब्लक ढाँचाका टायरहरूद्वारा परिष्कृत यसको हल्का वजनले असाधारण पिकअप, उत्कृष्ट ह्यान्डलिंग र सुधारिएको माइलेज सुनिश्चित गर्दछ। स्कूटरमा त्रुटिरहित सवारी नियन्त्रण, सुरक्षा र आरामको लागि टेलिस्कोपिक सस्पेन्सन र युबिएसजडित फ्रन्ट डिस्क ब्रेक पनि छ ।
२१ लिटर क्षमताको अण्डर(सीट स्पेस, मल्टी फंक्सन स्विच, दुई-स्तरको सिट र पास स्विचको साथमा यसले स्टायल, आराम र कार्यक्षमताका लागि डिजाइन गरिएको पूर्ण सवारीको प्याकेज प्रदान गर्दछ ।
एमएडब्लू टू ह्वीलर्स डिभिजनका अधिकारीहरूका अनुसार “रे जेड आर स्ट्रिट र्याली १२५ एफआई हाइब्रिड नविनता र दिगोपनप्रति यामाहाको प्रतिबद्धताको प्रमाण हो। यो बहुप्रतिक्षित स्कुटर नेपालमा ल्याउन पाउँदा हामी अत्यन्त हर्षित छौं। यसले राइडरहरूलाई यातायातको माध्यम मात्र नभई शक्ति, शैली र सुरक्षाको संयोजन प्रदान गर्दै हाम्रा मूल्यवान ग्राहकहरूलाई अत्याधुनिक उत्पादनहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ प्रष्ट्याउँछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







