काठमाडौं । ‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने भएको छ ।
‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश – आन्तरिक पर्यटनको प्रवर्धन’ सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने भएको हो ।
‘हङ्गकङ्ग पोखरा’, ‘तगारोमा रूमाल’, ‘लेककी हे माया’, ‘तिमी पारी’, ‘डाँडापारी’ आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक–पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही २०८० पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरू गर्दै छ । पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनि – एल्फा स्क्वायरले जनाएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा–प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा – सामीप्य, आदि सङ्घ–संस्थाले प्रवर्धन गरिरहेका छन् । सो कन्सर्टको एकमात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रुपमा आइएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट विक्री गर्ने कम्पनीले जनाएको छ ।
कन्दरा ब्यान्डले नेपाली फोक–पप सङ्गीतको क्षेत्रमा पु¥याएको योगदान र नेपाली कला सङ्गीतबाट नेपालको आन्तरिक पर्यटनका लागि गरिरहेको यो अभियान – पहिला घरदेश, अनि परदेशको नारालाई हामी आइएमई समूह पनि उत्तिकै गर्विलो तवरले वहन गर्दै कन्दराको प्रत्यक्ष कार्यक्रममा सहभागि भई टिकटको विक्री–वितरण गर्दा हामी सङ्गीतको क्षेत्र, पर्यटनको क्षेत्र, र समग्र नेपालको आर्थिक क्षेत्रमा नै योगदान गरिरहेको महसुस गरेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







