ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा रु ६८ लाख बढी भेटी रकम सङ्कलन भएको छ । गत कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी रकम रु ६८ लाख ११ हजार एक सय १० रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
दुई महिनाको समेत गरी हाल बैंकमा रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
पछिल्लो १५ महिनामा रिफाइन नगरिएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको क्षेत्र विकास समितिले जनाएको हो । सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । विसं २०७७ भदौ १८ गतेदेखि २०७९ साल भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल थियो । यस्तै छ हजार पाँच सुय ३५ किलो सात सय ७५ ग्राम तामा र १६ हजार तीन सय ६८ किलो एक सय ग्राम घण्टीसमेत तौल गरेर भण्डारण गरिएको समितिले जनाएको छ ।
पाथीभरा क्षेत्र विकास समिति २०५३ सालमा गठन भए पनि पाथीभरामा सङ्कलन भएको भेटीघाटी २०७६ सालदेखि पाथीभरा क्षेत्र विकास समितिले हेर्दै आएको समितिका अध्यक्ष रक्की थेबेले बताए ।
तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटीघाटी व्यवस्थापन समिति गठन गरेर भेटीघाटी व्यवस्थापन हुँदै आएको थियो । पुनः उक्त समिति विगठन गरी पाथीभरा क्षेत्र विकास समितिले नै हाल व्यवस्थापन गर्दै आएको छ । विसं २०७६ अघिसम्मको भेटीघाटी भने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले गर्दै आएको थियो ।
पाथीभरामा मङ्सिरपछि सङ्कलित भेटीघाटी गणनाका लागि थप कर्मचारी व्यवस्थापन गरेर गणनाका लागि आवश्यक तयारीमा खटाइएको हाङबाङले बताए । पाथीभरा क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजान केही जनशक्ति थपेर काम भइरहेको उनको भनाइ छ ।
पाथीभरा क्षेत्रको सरसफाइ, भेटीघाटीलाई समयमै व्यवस्थापन गर्न र पाथीभराको प्रचारप्रसारसहितका सम्पूर्ण गतिविधिलाई आममानिसमा पुर्याउन थप कर्मचारी व्यवस्थापन गरेर अघि बढेको उनले बताए । पाथीभरामा सङ्कलित भेटीघाटीलाई हरेक महिनामा सार्वजनिक गर्ने गरी आवश्यक तयारी भएको कार्यकारी निर्देशक हाङबाङको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







