धरान । धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छन् । उनले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी लगायत अन्यत्र बिक्री गर्दै आएकी छन् । उनले भनिन्“अनलाइनबाट पनि राम्रो बिक्री भइरहेको छ । अग्र्यानिक सामान पाइने पसलमा पनि साबुन बिक्री हुन्छ ।”
नेपाली विषयमा स्नातकोत्तर गरेकी घिमिरे पहिल्यैदेख अन्यत्र रोजगारी खोज्नुभन्दा आफैँ केही गर्नुपर्छ भन्ने सोचमा थिइन् । उनले भनिन् “केही वर्षअघि काठमाडौँको ठमेलमा विदेशीले प्राकृतिक साबुन खोजी गरेपछि यसको महत्व बुझेँ । ठमेलमै एक जना विदेशीबाट साबुन बनाउने तालिम पनि लिए । यसरी सिकेको सीप खेर जान दिनुहुँदैन भनेर त्यसलाई व्यवहारमा उतार्न थाले ।”
विगत छ वर्षदेखि धरान–१५ स्थित आफ्नै घरमै साबुन उद्योग सञ्चालन गरिरहेकी उनी रु ५० हजार लगानीमै साबुन उत्पादन सुरु गर्न सकिने बताउछिन् । थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने उहाँको भनाइ छ । “मैले त छ वर्षअघि रु २५/३० हजार लगानीबाट सुरु गरेकी थिएँ । यसबाट सोचेभन्दा राम्रै फाइदा भयो”, उनी भन्छिन्, “अहिले सामाजिक सञ्जालबाटै धेरै माग आउँछ । पसलबाट पनि माग आउँछ । साबुनबाटै आफूलाई चाहिने खर्च पूरा गरेकी छु ।”
उनले पछिल्लो समय महिलालाई साबुन बनाउने तालिम पनि दिँदै आएकी छन् । उनले उदयपुरको गढी गाउँपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकालगायत स्थानमा तालिम सञ्चालन गरिसकेकी छन् । उनी भन्छिन्, “आफ्नै गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउँदा देशको पैसा बाहिरिन पाउँदैन । यसबाट उपभोक्तादेखि देशसम्मलाई फाइदा हुन्छ ।” फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्नसक्ने उहाँको बुझाइ छ । यसका लागि घर परिवारको साथ र स्थानीय सरकारले सहयोग गरे धेरै महिला घर बसेरै स्वरोजगार बन्न सक्ने उहाँको धारणा छ ।
“थोरै खर्चमा सुरु गर्न सकिने यस्तो व्यवसायका लागि स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न सक्छन्”, उनी भन्छिन्, “हेर्दा सामान्य कामजस्तो लागे पनि यसबाट एकातिर बेरोजगारले रोजगार पाउँछन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । साबुनका नाममा बाहिरिने रुपैयाँ पनि कम गर्न सकिन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







