काठमाडौँ । आइएसएमटी कलेजमा आइएसएमटी जब फेयर सम्पन्न भएको छ । काठमाडौँ तिनकुने गैरीगाउँ स्थित कलेज परिसरमा बुधबार जब फेयर सम्पन्न भएको हो ।
जब फेयरमा नेपालका प्रतिष्ठित २१ कम्पनीले आफ्नो स्टल राखेका थिए । यस जब फेयरमा आफ्नो अध्ययन सम्पन्न गरेका २२५ विद्यार्थी अन्तर्वार्तामा सहभागी भएका थिए । विध्यार्थिहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्धेश्यका साथ संचालित यस आइएमटी कलेजले बर्षमा कम्तिमा दुई पटक यस किसिमको जब फेयर आयोजना गर्ने गरेको छ ।
कलेजले यस किसिमका पहलले अध्ययन सकेका विद्यार्थीहरुलाई आफ्नो क्यारियर को शुरुवात गर्न सहज हुने विश्वास लिएको छ ।
बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्ड बाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेजले बिबिए, बिएचएम, बीएस्सी आइटी, बीएस्सी (अनर्स) साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक एमबिए तथा एमएस्सी कम्युटिंग लगायतका कार्यक्रम संचालन गरिरहेको छ । आइएसएमटी ग्रुप अन्तर्गत युनिभर्सिटी अफ सन्डरल्याण्ड युकेकै सम्बन्धनमा नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा आफ्ना कलेजहरु संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







