काठमाडौं । काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी सुरु भएको छ ।
नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सान्दोङ फोटोग्राफी सुरु भएको हो ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एसोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म चल्ने जनाइएको छ ।
फोटो प्रदर्शनीमा साङदोङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन् ।
चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो फोटो प्रर्दशनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रहेको बताए ।

फोटो प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उनले बताए । यस्तै नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर से यूले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको चर्चा गर्दै फोटो प्रदर्शनीको माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







