काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ ।
यस साझेदारी अन्तर्गत, एस २४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छा अनुसार एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने छन् ।
सामसङ नेपालले शुक्रबारबाट नै ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ। अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन् ।
यस साझेदारीका बारेमा बताउँदै एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘ग्यालेक्सी एस २४ सिरिज सबै भन्दा विशेष छ किनकी हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दैछौं । नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ संभावनाहरु पहिल्याउन प्रतिवद्ध विश्वको अग्रणी टेक कम्पनीसँग । साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौं ।’
सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेको कम्पनीले जनाएको छ । यो सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाईभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन–डिभाइस सुविधाहरु प्रदान गर्दछ । यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्ने डिभाईस टाइटेनियमबाट बनेकोले बलियो पनि रहेको बताइएको छ ।
यो सिरिजमा रहेको ग्यालेक्सी एआईले च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता विभिन्न अन–डिभाइस अनुभवहरू प्रदान गर्ने र उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्न कम्पनीको दाबी छ ।
एस२४ सिरिजमा ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ बेस रहेका छन् ।
ग्राहकले सामसङ नेपालको आधिकारिक वेबसाइटमार्फत वा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गएर अग्रिम बुकिङ गर्न सक्छन् । माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याबलेट लगायतका आकर्षक उपहार समेत पाउने सामसङ नेपालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







