काठमाडौँ । रोयल एजुकेसन फाउन्डेसनले ‘अमेरिका–क्यानाडा एड्मिसन डे–२०२४’ आयोजना गर्ने भएको छ ।
आगामी शुक्रवार नयाँ बानेश्वरस्थित मुख्य कार्यालयमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूका लागि ‘अमेरिका–क्यानाडा एड्मिसन डे–२०२४’ रोयल एजुकेसन फाउन्डेसनले गर्ने तयारी गरेको हो ।
रोयल एजुकेसन फाउन्डेसनका केन्द्रीय निर्देशक गोविन्द अधिकारीका अनुसार विशेषगरि अमेरिका र क्यानाडामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि उक्त ‘एड्मिसन डे’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
एड्मिसन डेमा विद्यार्थी तथा अभिभावकहरूले अमेरिका र क्यानाडाका विभिन्न विश्वविद्यालयहरूको बारेमा उपलब्ध कोर्षहरू, ट्युसन फी, लाग्ने लागत, भिजा प्रोसेस लगायतका बारेमा जानकारी लिन सक्नेछन् ।
एड्मिसन डे मा अमेरिका र क्यानाडाका विश्वविद्यालयहरूका प्रतिनिधित्वहरू पनि सहभागि हुनेछन् ।
‘एड्मिसन डे मार्फत अभिभावक र विद्यार्थीहरूले एकै ठाउँ, एकै समयमा धरै भन्दा धेरै कलेजहरूको बारेमा बुझ्न पाउनुहुनेछ । विश्वविद्यालय प्रोग्राम, ट्युसन फी, रिक्वायरमेन्ट आदिका कुराहरू प्रतिनिधिहरूबाट बुझ्न पाउनुहुनेछ’, उनले भने।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न अफरहरू समेत पाउनेछन् । लक्की ड्र मार्फत भाग्यशाली विद्यार्थीहरूले अमेरिका र क्यानाडा जानका लागि आवश्यक तयारी कक्षामा भारी छुट, स्काइवाक टिकेटका साथै विभिन्न आकर्षक उपहारहरू पाउनेछन्।
एड्मिसन डे आगामी शुक्रवार बिहान १० बजे सुरु भएर साँझ ५ बजे समापन हुनेछ ।
रोयल एजुकेसन फाउन्डेसन सन् २००३ मा स्थापना भएको हो । स्थापनाकालदेखि नै फाउन्डेसनले उच्च शिक्षाका लागि संसारका विभिन्न मुलुकहरू ९अस्ट्रेलिया, क्यानाडा, युके, न्युजिल्याण्ड, डेनमार्क, जापान, कोरिया लगायत० मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक विषय र ती मुलुकमा जान पूर्व गर्नुपर्ने आवश्यक तयारीका लागि प्रक्रियामा सहयोग गर्दै आएको छ।
रोयल एजुकेसन फाउन्डेसनले वैदेशिक शिक्षाका लागि आवेदन गर्न चाहने विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीले प्राप्त गर्न सक्ने क्षात्र वृत्तिका अवसरहरू एवम् छनौट प्रक्रियाका बारेमा मार्ग दर्शन प्रदान गर्दै आएको छ । यस संस्थाले विभिन्न मुलुकका शैक्षिक संस्थाहरूको आधिकारिक प्रतिनिधिको रुपमा रहेर विद्यार्थी र शैक्षिक संस्थाको बिचमा समन्वयकारी भुमिका निर्वाह गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







