काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स क. लि. को ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरि र दिपा श्री निरौला नियुक्त भएका छन् ।
२०८० साल माघ १२ गते शुक्रबारको दिन पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दिपक राज गिरि, दिपा श्री निरौला र आई।एम।ई। लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरुमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।
साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर दिपक राज गिरि र दिपा श्री निरौलाले आई।एम।ई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







